Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

भाटभटेनीमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति

भाटभटेनीमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति

आर्थिक पत्र
शनिवार, बैशाख १ २०८१
  • काठमाडौँ । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । नेपाल प्रहरीका अनुसार १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । 

    images

    आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।

    यता सप्तरीको सुरुङ्गा नगरपालिका-८ महुलियास्थित एनसेल टावरमा जेनरेटरको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा जेनेरेटर १ थान जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    यसैगरी रामेछापको मन्थली नगरपालिका-१३ देविटार बस्ने कमल राज गिरीको घरमा शनिबार बिहान आगलागी हुँदा भाँडावर्तन, अन्नपात लगायतका सरसमान जलेर करिब करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार