Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

आर्थिक पत्र
बिहिवार, बैशाख १३ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

    images

    पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।   

    पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । 

    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार