Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ

आर्थिक पत्र
सोमवार, बैशाख २४ २०८१
  • रुपन्देही । रुपन्देहीमा अनलाइन गेम खेलाएर सट्टेबाजी गर्ने १३ जना भारतीय नागरिक पक्राउ परेका छन्।

    images

    बुटवल उपमहनगरपालिका-९ को कालिकानगरमा घर भाडामा लिएर अनलाइन गेम खेलाउने र सट्टेबाजी गराउने १३ जनालाई बुटवल प्रहरीले आज नियन्त्रणमा लिएको हो।

    पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो। पक्राउ परेका व्यक्तिसँगै प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ। 

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले १३ जना भारतीय पक्राउ गरेको र उनीहरूको बारेमा अनुसन्धान भैरहेको जनाएको छ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार