Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

सुन जस्तो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

सुन जस्तो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ

आर्थिक पत्र
बिहिवार, जेठ ३१ २०८१
  • कास्की । सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् । 

    उनीहरूले पोखरा महानगरपालिका-८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगरपालिका-१७ बरको बोटबाट पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार