Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द, फसेका यात्रुको उद्धार गरिदै

आर्थिक पत्र
बुधवार, श्रावण २ २०८१
  • काठमाडौँ । काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् आपूर्ति बन्द हुँदा यात्रुहरू बीचमा फसेका छन्।

    images

    बुधबार दिउँसो साँढे १ बजे चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू फसेका छन् ।

    उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । अहिलेसम्म ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भएको छैन । ८ वटा डिब्बामा कम्तिमा ३० यात्रु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार