Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध मुद्दा दायर

नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध मुद्दा दायर

आर्थिक पत्र
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीव कुमार यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतीराम सुवेदी र आरबि लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्दा दायर गरेको हो । 

    images

    जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथमा ४ लाख नगद फेला परेको थियो । 

    यसबारे अनुसन्धान गर्दा उनीहरुले सेवाग्राहीसँग सो रकम घुस/रिसवत लिएको पाइएको छ । उनीहरुविरुद्ध सो रकम बराबरको बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार