Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकलाई समाज डेन्टलमा १० प्रतिशत छुट

आर्थिक पत्र
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वरस्थित समाज डेन्टल प्रालिबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

    images

    सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले समाज डेन्टलका नयाँ बानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिएवापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यस्तै कुमारी बैंकका ग्राहकहरुलाई उक्त सेवा केन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह शुल्क नि:शूल्करुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास बैंकको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार