Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार

सबै वडालाई सहकारीको उजुरी दर्ता गर्न महानगरको पत्राचार

आर्थिक पत्र
बिहिवार, भाद्र २० २०८१
  • काठमाडौँ । काठमाडौं महानगरले सहकारीसम्बन्धी उजुरी तथा गुनासो दर्ता गर्न सबै वडा कार्यालयलाई अनुरोध गरेको छ । 

    images

    पछिल्लो समय बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो बढ्दै गएपछि महानगरले वडामै गुनासो दर्ता गर्न पत्राचार गरेको हो ।

    महानगरका अनुसार काठमाडौँ महानगरपालिका सहकारी नियमावली, २०८० को नियम १६ मा सदस्यको बचत रकम फिर्तासम्बन्धी व्यवस्था गरिएको छ । सोही नियम अनुसार संस्थामा जम्मा गरेको बचत रकम सदस्यले मागेका वखत व्याजसहित तुरुन्त फिर्ता दिनु पर्ने व्यवस्था छ ।

    सूचनामा भनिएको छ- ‘यसै सम्बन्धमा बचत रकम फिर्ता माग सम्बन्धी बचतकर्ताको गुनासो दिनानु दिन बढ्दै गएकाले तहाँ वडा क्षेत्रभित्र सञ्चालित काठमाडौं महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरूबाट वचत रकम फिर्ता माग गरिएको उजुरी तथा गुनासो देहायका कागजात सहित दर्ता गरी यसैसाथ संलग्न ढाँचाको पत्र संस्थालाई जारी गरीदिनु हुन अनुरोध छ ।’

    kmc-1725533392.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार