Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गोदरेजद्वारा दशैं र तिहार लक्षित ‘मनैदेखि वाउ’ अभियान जारी

गोदरेजद्वारा दशैं र तिहार लक्षित ‘मनैदेखि वाउ’ अभियान जारी

आर्थिक पत्र
सोमवार, भाद्र २४ २०८१
  • काठमाड‍ौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ‘मनैदेखी वाउ’ जारी गरेको छ।

    ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्य सहित यस योजना ल्याइएको हो ।

    ‘मनैदेखि वाउ’ अभियान अन्तर्गत ग्राहकले रु ३१,५०० सम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले टप लोड/ ट्विन टब वासिङ मेसिन खरिद गर्दा तीन लिटर निःशुल्क एरियल डिटर्जेन्ट लिक्विड र माइक्रोवेभ ओभन खरिद गर्दा निःशुल्क कुकिंग किट प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरूले गोदरेज सिंगल डोर रेफ्रिजरेटर, डबल डोर रेफ्रिजरेटर, साइड-बाई-साइड रेफ्रिजरेटर, चेस्ट फ्रिजर, माइक्रोवेभ ओभन, वासिङ मेसिन र एयर कन्डिसनरहरू खरिद गर्दा आकर्षक क्यासब्याकको मजा लिन सक्नेछन्।

    यो अभियान २३ भदौ २०८१ मा सुरु भइ नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

    नेपाल मा गोदरेज को घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्सले बिक्रि वितरण गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार