काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्राँस्वाज पुइग इन्जाले शिष्टाचार भेट गरेकी छन्।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत पुइग–इन्जालाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
भेटमा नेपाल र फ्रान्सबीच पारस्परिक हितका विभिन्न विषयमा छलफल हुनुका साथै हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान र बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषय छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


