Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल

ललितपुरमा खुल्यो ६ अर्ब लगानीको पाँचतारे रोयल टुलिप होटल

आर्थिक पत्र
बिहिवार, पौष १८ २०८१
  • ललितपुर । ललितपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।

    ३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रुपैयाँको लागतमा निर्माण गरेका हुन् ।गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालमा आएको हो ।होटल रोयल ट्युलिप फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेनका रुपमा रहेको छ । फ्रान्स दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएकाले रोयल टुलिपसाङ व्यवस्थापनसँग सम्झौता भएको शाक्यले जानकारी दिए ।

    गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको शाक्यले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार