Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

लियो क्लब अफ भलवारीद्वारा एकसय बढी कम्बल वितरण

आर्थिक पत्र
शनिवार, पौष २७ २०८१
  • भैरहवा । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो अत्याधिक बढेको छ । लियो क्लब अफ भलवारीले चिसो बढेसँगै सिदार्थनगर नगरपालिका र वुटवल क्षेत्रका स्थानीयहरुलाई कम्बल वितरण गरेको छ । क्लबले बिशेषगरी बेवारिसे, असाहय, वृद्ध तथा बालबालिकाहरुलाई मध्यनजर गर्दै एकसय भन्दा बढी  कम्बल वितरण गरेको हो ।

    images

    रुपन्देहीमा केहीदिन यता अत्यधिक चिसो बढेको छ । क्लबले भैरहवाको बुद्ध पार्कमा जाडोको कारणले बिभिन्न समस्या झेलिरहेको व्यक्तिहरुलाई कम्बल बितरण गरीएको र यसो गर्दा केहीलाई राहत हुने क्लबकी अध्यक्ष सामना केसी ले बताइन् ।  

    युक्त कार्यक्रममा दीपक बोहोरा, महाकाल प्रजापति, चन्द्रमोहन पटुवा, कमला क्षेत्री र इन्द्र चौधरीद्वारा आर्थिक सहयोग गरी कार्यक्रम सफल पारिएको थियो । 

    कार्यक्रममा लियो अमित गौण र  महाकाल प्रजापतिले सुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य क्लबका संयोजक लियो अभिषेक चौधरीले राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार