Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लस एन्जलस डढेलो: नेपालको बजेटभन्दा २० गुणा बढी क्षति,लाखौं मानिस विस्थापित

लस एन्जलस डढेलो: नेपालको बजेटभन्दा २० गुणा बढी क्षति,लाखौं मानिस विस्थापित

आर्थिक पत्र
बुधवार, माघ २ २०८१
  • अमेरिकाको लस एन्जलसमा गत मंगलबारदेखि  लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन  । आगो अझै फैलिरहेको छ।

    आगलागीका कारण हजारौं घर ध्वस्त भएका छन्। गाडीहरू जलेका छन्। एटीएम काउन्टर भग्नावशेषमा परिणत भएका छन्।

    आगलागीमा परेर अहिलेसम्म कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ल कम्तीमा २३ जना हराइरहेका छन्  लाखौं मानिस विस्थापित भएका छन् । 

    समाचार संस्था एएफपीका अनुसार आगो निभाउन हजारौं अग्निनियन्त्रक खटिएका छन्। तर पनि धेरै ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन। आगलागीपछि दुई लाख घरधुरीमा विद्युत् अवरुद्ध भएको छ।   क्यालिफोर्नियाका मौसमविद्हरूले अझै पनि तीव्र हावा चल्ने र त्‍यसबाट आगलागी झनै फैलिनसक्ने चेतावनी दिएका छन् ।

     प्रारम्भिक अनुमानहरूमा ३७० खर्ब नेपाली रुपैयाँभन्दा बढी (२५० अर्बदेखि २७५ अर्ब डलर) को क्षति भएको छ । यो क्षति नेपालको बजेटको आकारभन्दा २० गुणा ठूलो हो । नेपालको बजेट करिब १९ खर्ब रूपैयाँ बराबरको छ ।  

    अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास जारी राखेका छन् । आगलागीमा परी ठूलो संख्यामा जनावरहरू पनि मरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार