Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड

बसन्त चाड: दैनिक १२ करोड चिनियाँकाे रेल यात्राकाे रेकर्ड

आर्थिक पत्र
बिहिवार, माघ ३ २०८१
  • बेइजिङ । यस वर्षको वसन्त चाडको पहिलो दिन मङ्गलबार चिनियाँ रेलवेमार्फत १०.३९ मिलियन यात्रीले यात्रा गरेका छन् । 

    जुन बसन्त चाडलाई चिनियाँहरू ‘चुन्युन’ भनेर मान्दछन् । चाइना स्टेट रेलवे समूह लिमिटेडका अनुसार बुधवार बिहान ८ः३० बजेसम्म रेल टिकट बुकिङ प्लेटफर्मका १२ हजार ३०६ काउन्टरबाट बसन्त चाडका लागि १२ करोड रेल टिकट बुकिङ भइसकेको छ । यो चाड मंगलबारवाट सुरू भएर ४० दिनको अवधिमा फेब्रुअरी २२ मा समाप्त हुनेछ ।

    बुधबार यात्रा भीड अवधिको दोस्रो दिन देशभर ११ मिलियन रेलवे यात्राहरू हुने अपेक्षा गरिएको थियो । जसका लागि कम्पनीले बढ्दो माग पूरा गर्न थप ५५४ ट्रेनहरू सञ्चालन गरेकोसमेत थियो ।

    बुधवार साङ्घाई, बेइजिङ, ग्वाङ्झाउ र सेन्जेनजस्ता प्रमुख सहरहरूमा यात्रुको चाप ठूलो भएको बताइएको छ। गत वर्ष डिसेम्बरमा युनेस्कोले वसन्त पर्वलाई आफ्नो अमूर्त सांस्कृतिक सम्पदा सूचीमा राखेपछि यो वर्ष चीनको पहिलो चुन्युन हो।

    यस अबधिमा ५१० मिलियन भन्दा बढी यात्रु यात्राहरू देशको रेलवेद्वारा यात्रा गर्ने अपेक्षा गरिएको रेल्वे बिभागले जनाएको छ । दैनिक औसत १२.७५ मिलियन यात्रीहरूले रेल यात्रा गर्नेछन भन्ने अपेक्षासहित ब्यवस्था मिलाइएको छ ।

    यो यात्रा २०२४ को तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको यातायात अधिकारीहरूले जनाएका छन ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार