Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेरिकामा एक दिन पनि टिकेन टिकटक प्रतिबन्ध, ट्रम्पको प्रतिबद्धतापछि सुचारु

अमेरिकामा एक दिन पनि टिकेन टिकटक प्रतिबन्ध, ट्रम्पको प्रतिबद्धतापछि सुचारु

आर्थिक पत्र
सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । अमेरिकामा पुन: टिकटक सुचारु गरेको छ । गत अप्रिलमा अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो ।

    अमेरिकाले सोमबार बिहानदेखि उक्त फैसला कार्यान्वयनको तयारी गरेको थियो । तर मेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कानुनको कार्यान्वयनमा ढिलाइ गर्दै टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिने प्रतिबद्धता जनाएपछि टिकटकले सेवा पुन: सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

    आइतबार प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै टिकटक बन्द भएको थियो  बिहानदेखि नै प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्ले स्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएकोमा उक्त एप पुन: देखिन थालेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार