Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतलाइ प्रतिबन्ध

ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतलाइ प्रतिबन्ध

आर्थिक पत्र
शुक्रवार, माघ २५ २०८१
  • वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

    यसअन्तर्गत अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथी उनले प्रतिबन्ध लगाएका छन्।

    अन्तर्राष्ट्रिय फौजदारी अदालतले अमेरिका र उसको सहयोगी इजरायल विरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ।

    यस आदेश अन्तर्गत आईसीसीका अधिकारीहरु र उनीहरुका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने जो कोहीलाई आर्थिक र भिसा प्रतिबन्ध लगाइएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

    गत नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो । आईसीसीले नेतन्याहु माथि गाजामा युद्ध अपराध गरेको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गर्दै आएको छ ।

    आइसीसीले हमास कमाण्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार