Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

साउदीको जनसंख्या ४.७ प्रतिशतले बृद्दी, कुल जनसंख्याको ४४.४ प्रतिशत बिदेशी

आर्थिक पत्र
शनिवार, माघ २६ २०८१
  • रियाद । विश्वका धेरै देशहरू अहिले घट्दो जनसंख्याको सामना गरिरहेका छन्। 

    चीन, जापान र दक्षिण कोरियाको जन्मदर घट्दै गएको छ, जनसंख्या बढाउनका लागि उनीहरूले करोडौं धनराशी खर्च पनि गरिरहेका छन तर सोचे अनुसार उपलब्धी छैन, जनसंख्याको हालत ऋणात्मक रहेको छ । साथै, हालैको एक प्रतिवेदनले त घट्दो जनसंख्याका कारण दक्षिण कोरिया हराउन सक्ने विश्वको पहिलो देश बन्न सक्ने दाबी समेत गरेको छ ।

    एकातिर विश्वमा जनसंख्याको कमीले खतराको घण्टी बजिरहेको बेला मुस्लिम राष्ट्र साउदी अरबमा जनसंख्या मात्रै बढेको छैन । वास्तवमा, साउदी अरबको जन्मदर विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतको भन्दा बढी हुन पुगेको छ ।

    साउदीको तथ्याङ्क  प्राधिकरणले सार्बजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउदी अरबको जनसंख्या २०२५ को मध्य सम्म ३५.३ मिलियन पुग्ने जनाइएको  छ। उता, साउदी अरबका नागरिकहरू जनसंख्याको ५५.६ प्रतिशत छन् भने साउदी अरबमा विदेशीहरूको ठूलो जनसंख्या छ, जो व्यापार, अध्ययन र जागिरको उद्देश्यले सो देशमा बसिरहेका छन । प्रतिवेदनका अनुसार साउदीको ४४.४ प्रतिशत जनसङ्ख्या गैर–साउदी नागरिकको छ ।

    प्रतिवेदन अनुसार सन् २०२३ को मध्यको तुलनामा सन् २०२४ को मध्यसम्म जनसंख्यामा ४.७ प्रतिशतको वृद्धिदर रेकर्ड गरिएको छ । योसँगै सन् २०२४ मा १६ लाख मानिसले वृद्धि भएको छ । यद्यपि मे २०२२ मा वार्षिक वृद्धि ४.६ प्रतिशतमा रेकर्ड गरिएको थियो।

    यदि हामीले साउदीको जनसंख्यालाई उमेरको हिसाबले हेर्दा नवजातदेखि १४ वर्षसम्मका बालबालिकाहरू देशको जनसंख्याको ३३.५ प्रतिशत छ तर गैर साउदीको यो संख्या ८.६ प्रतिशत हो । साउदी नागरिकहरूको लागि १५ देखि ६४ वर्षको जनसंख्या ६२.७ प्रतिशत छ भने गैर–साउदी जनसंख्या १५ देखि ६४ वर्ष उमेर समूहमा ८९.९ प्रतिशत छ। जुन साउदी अरबका जनताको भन्दा धेरै हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार