Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

पश्चिमी मालीमा सुन खानी भत्किँदा ४८ जनाको मृत्यु

आर्थिक पत्र
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं। पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा शनिबार ४८ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार १८ः०० बजेसम्म खानी भत्किँदा मृत्यु हुने ४८ कामदारको मृत्यु भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

    माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो । विश्वका सबैभन्दा गरिब देशमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न प्रहरी प्रशासनले निकै संंघर्ष गर्दै आएको छ । 

    गत जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो । तीमध्ये धेरैजसो महिला थिए । एक वर्षअघि हाल खानी भएको क्षेत्रमा रहेको एक सुन खानीमा सुरुङ भत्किँदा ७० भन्दा बढीले ज्यान गुमाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार