Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

आर्थिक पत्र
मंगलवार, फाल्गुण ६ २०८१
  • सिंगापुर । सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ ।

    images

    संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ ।

    तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ कडा जरिवानाबाट बच्न सफल भएका छन । सिङ्गापुरको संविधानमा वर्तमान सांसद रहेसम्म कम्तिमा एक वर्ष जेल वा कम्तिमा १० हजार डलर जरिवाना हुन सक्ने उल्लेख छ। त्यसपछि प्रमाणित भएमा उनले आफ्नो सीट गुमाउने छन् भने बाँकी जीवनमा चुनाव लड्न पनि अयोग्य हुनेछन् । त्यसैले सिंगापुरका सांसदहरू यो कठोर सजायबाट जोगिनका लागि कमै मात्रै झुट बोल्छन् ।

    सिंगापुरको निर्वाचन विभागले सिंहलाई लगाइएको सजायले उनलाई सांसदको रूपमा अयोग्य ठहराउने स्तरमा नपुगेको भने जनाएको छ । अब उनी अर्को चुनाव लड्न सक्छन् । ४८ वर्षीय सिंहलाई वर्कर्स पार्टीका पूर्व सांसद रईस खानको आचरणको छानबिन गर्ने संसदीय समितिको अगाडि झुटा बयानको आरोपमा दोषी ठहर गरिएको थियो ।

    जसले यौन दुर्व्यवहार पीडितलाई प्रहरी चौकीमा साथ दिने झुटो बयान दिन लगाएको स्वीकार गरेका थिए, जसको चार महिनाअघि नै सुनुवाइ सुरु भएको थियो । संसारभरका संसदहरूमा झूट बोल्ने विभिन्न नियम र परिणामहरू छन्। सामान्यतया हरेक देशको संसदले यसलाई गम्भीर विषय मान्ने गरेका छन्।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार