Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम

थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम

आर्थिक पत्र
बुधवार, फाल्गुण ७ २०८१
  • वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रम जारी नै राखेका छन्। मङ्गलबार उनले कर्मचारी कटौतीको क्रमलाई निरन्तरता दिएका हुन्।

    मंगलबार कृषि मन्त्रालय अन्तरगत वर्ड फ्लु नियन्त्रणमा सरिक कर्मचारी बर्खास्त गरिएका हुन्।

    राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती भएका छन्। कर्मचारी बर्खास्त गर्दै बोस्टनस्थित जोन एफ केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएका छन्।

    राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार