Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

एआईका कारण सिंगापुरको एक बैंकमा ४ हजार जनाको जागिर खोसिँदै

आर्थिक पत्र
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । मान्छेको काम एआईले गर्न थालेसँगै सिंगापुरको एक बैंकले चार हजार जागिर कटौती गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार सिंगापुरको सबैभन्दा ठूलो बैंक डीबीएसले आगामी तीन वर्षमा यत्ति जागिर कटौती गर्ने बताएको छ ।

    डीबीएसका अवकासउन्मुख प्रमुख पियुष गुप्ताका अनुसार चार हजार जनाको जागिर कटौती भएता पनि एआईमा जोडिने नयाँ एक हजार जागिर जोडिने बताएका छन् । एआईले मान्छेको जागिर कसरी खोस्छ भनेर पहिलोपटक सार्वजनिक गर्ने एक प्रमुख बैंकको रुपमा डीबीएसलाई लिइएको छ ।

    यद्यपि, एआईले बैंकका स्थायी कर्मचारीहरुलाई भने विस्थापन नगर्ने बताइएको छ । सन २०२४ मा आएको अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार एआईले विश्वका ४० प्रतिशत जागिर धरापमा पार्नेछ । चालिस प्रतिशत अर्थात् हरेक एक सयमा चालिसको जागिर जाने कुरालाई धेरैले गम्भिर रुपमा लिएर चर्चा र चिन्ता गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार