Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

मिसाइल खरिदका लागि युक्रेनलाई दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने बेलायतको घोषणा

आर्थिक पत्र
सोमवार, फाल्गुण १९ २०८१
  • लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षा बलियो बनाउनका लागि लागि दुई अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका छन्।

    दुई देशबीच एक दिन अघि भएको २.८ अर्ब अमेरिकी डलर ऋणको सम्झौता भए लगत्तै उनले सहयोगको घोषणा गरेका हुन्।

    अहिलेको यो सहयोग पाँच हजार एयर डिफेन्स मिसाइल खरिदका लागि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। लन्डनमा युक्रेनलाई जोगाउने लक्ष्यसहित भेला भएका युरोपेली देशको सम्मेलनको क्रममा उनले सो कुरा बताएका हुन्।

    युक्रेनलाई कम सहयोग गरेर रुसलाई आक्रमणको मौका दिन नहुनेमा जोड दिँदै उनले विगतको गल्तीलाई महसुस गरेको बताए।

    उनले शान्तिका लागि हुने प्रयासमा अमेरिकालाई पहिलो समावेश गर्ने र रुसलाई पनि समावेश गर्ने योजना भएको दाबी गरे। रुसको कुनै शर्त मान्न भने तयार नहुने स्टेइमरले प्रष्ट पारेका छन्।

    युक्रेन बचाउन भएको सो सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्विडेन, टर्की, नर्वे, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, रोमानिया, फिनल्यान्ड, इटाली र स्पेनको सहभागिता थियो। सो सम्मेलनमा उत्तर अमेरिकी देश क्यानडा पनि उपस्थित थियो।

    सो सम्मेलनलाई नाटोका महासचिव मार्क रुटले सम्बोधन गरेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार