Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बिटक्वाइनको मूल्यमा ठूलो गिरावट, फेब्रुअरीमा १७.५ प्रतिशतले घट्यो

बिटक्वाइनको मूल्यमा ठूलो गिरावट, फेब्रुअरीमा १७.५ प्रतिशतले घट्यो

आर्थिक पत्र
सोमवार, फाल्गुण १९ २०८१
  • काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि बिटक्वाइनलगायत विभिन्न क्रिप्टोकरेन्सीको मूल्य बढेको थियो ।

    फेब्रुअरीमा बिटक्वाइनको मूल्य १७.५ प्रतिशतले घटेको हो । यो सन् २०२२ को जुनयताकै ठूलो मासिक गिरावट हो ।पछिल्लो एक दशकमा बिटक्वाइनका लागि गएको फेब्रुअरी सबैभन्दा बढी मूल्य घट्ने ११औँ महिना बनेको छ ।

    बिटक्वाइनको मूल्य फेब्रुअरी महिनामा सबैभन्दा कम ७८ हजार २७३ अमेरिकी डलर पुगेको थियो भने अन्तिम कारोबार ८४ हजार २५२ अमेरिकी डलरमा भयो ।

    गत जनवरीको मध्यमा सबैभन्दा उच्च एक लाख ९ हजार ७१ अमेरिकी डलर पुगेको बिटक्वाइनको मूल्य त्यसयता २० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार