Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्रम्पले क्यानडाको स्टील र आल्मुनियममा ५० प्रतिशत कर लगाउने योजना रोके

ट्रम्पले क्यानडाको स्टील र आल्मुनियममा ५० प्रतिशत कर लगाउने योजना रोके

आर्थिक पत्र
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानेडियन स्टील, आल्मुनियम र अन्य धातुहरूमा ५० प्रतिशत कर लगाउने धम्की दिएपछि त्यसो गर्ने योजनालाई अस्थायी रूपमा रोकेका छन्।

    यद्यपि, क्यानडाबाट आयात हुने यी धातुहरूमा २५ प्रतिशत भन्सार महसुल जारी रहनेछ, जुन आज अर्थात् मार्च १२ देखि लागू हुँदैछ।

    क्यानाडाको ओन्टारियो प्रान्तले केही उत्तर अमेरिकी राज्यहरूमा पठाइने बिजुलीमा २५ प्रतिशतको नयाँ शुल्क लगाउन बन्द गर्ने निर्णय गरेपछि ट्रम्पको यो कदम आएको हो।

    ट्रम्पले बिजुली आपूर्तिमा लाग्ने यो शुल्कमा क्यानडामाथि भारी शुल्क लगाउने धम्की दिएका थिए।

    यो दुई देशहरू बीच चलिरहेको व्यापार युद्धको सन्दर्भमा एक महत्त्वपूर्ण कदम हो, जुन अमेरिका र क्यानडा दुवैको अर्थतन्त्रको लागि घातक छ।

    सन् २०२४ मा अमेरिकाले स्टील आयात गर्ने देशहरूमा क्यानडा अग्रपंक्तिमा छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार