Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

अमेरिकाले स्टिल र आल्मुनियमको कर नघटाउने

अमेरिकाले स्टिल र आल्मुनियमको कर नघटाउने

आर्थिक पत्र
सोमवार, चैत्र ४ २०८१
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै मनसाय नरहेको बताएका छन्।  गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गरेका थिए।

    images

    उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ। यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ।

    स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भने, “होइन, मेरो त्यस्तो कुनै मनसाय छैन।”

    यसको साटो उनले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा पारस्परिक कर लगाउने प्रतिज्ञालाई दोब्बर बनाए। यसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्न सक्ने सम्भावनालाई अझ बढाएको छ ।

    उनले भने, “अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो । हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठूलो रकम आउँदैछ ।” 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार