काठमाडौंः तीन सातादेखि सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध अझै हट्न सकिराखेको छैन ।
खानेपानी लगायत विभिन्न माग गर्दै आएका स्थानीयको माग सरकारले पूरा गर्न नसक्दा अवरोध हट्न नसकेको जानाकारी गराएका ।
यही चैत ३ गतेदेखि स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिनुपर्ने लगायत विभिन्न माग गर्दै अवरोध सिर्जना गरेका छन् । स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडान समेत राखेका छन् ।
सोही दिनदेखि निर्माण ठप्प भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताएका छन् । साथै उनीहरूको प्रमुख माग पूरा गर्न खानेपानी मन्त्रालयमा फाइल पठाइएको उनले बताएका छन ।
‘उहाँहरू पछि हट्नु भएको छैन । योजना समावेश गरिनुपर्छ भन्ने माग छ,’ उनले भने, ‘नयाँ योजना समावेश गर्न समय लाग्छ । हामीसँग कोअर्डिनेसन गर्न पनि आउनुभएको छैन । त्यसैले गर्दा अहिलेसम्म पनि अवरोध हटेको छैन ।’

