Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एकै बर्षमा ट्रम्पको सम्पत्ति भयो दोब्बर, पुग्यो ५.१ बिलियन

एकै बर्षमा ट्रम्पको सम्पत्ति भयो दोब्बर, पुग्यो ५.१ बिलियन

आर्थिक पत्र
सोमवार, चैत्र २५ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ५.१ बिलियन डलरको कुल सम्पत्तिको साथ २०२५को फोर्ब्स अरबपतिहरूको सूचीमा ५०० औं स्थानमा आइपुगेका छन्।

    आफ्नो बढ्दो कानुनी समस्या र ४५४ मिलियन धोखाधडीको बोझले डोनाल्ड ट्रम्पको आर्थिक भविष्य एक वर्ष पहिले अन्धकार जस्तै देखिन्थ्यो। तर, अब फोर्ब्सका अनुसार पछिल्लो १२ महिनामा उनको सम्पत्ति दोब्बर भएको छ ।

    ट्रम्पको आर्थिक समस्या २०२४ मा सुरु भएको थियो, जब न्यूयोर्कको एक अदालतले अनुकूल ऋण सर्तहरू सुरक्षित गर्नको लागि आफ्नो कुल सम्पत्ति बढाएकोमा उनको विरुद्धमा फैसला गरेको थियो ।

    न्यूयोर्कका महान्यायाधिवक्ता लेटिया जेम्सले पनि आफ्नो प्रतिष्ठित ४० वाल स्ट्रीट भवन सहितको सम्पत्ति जफत गर्ने संकेत दिएका छन्। एक पटक ट्रम्पको अनुमानित नगद ब्यालेन्स ४१३ मिलियन मात्र थियो र उनको भविष्य अनिश्चित जस्तै देखिन्थ्यो।

    तर, ट्रम्पले साहसका साथ लडेका थिए । उसको कानुनी टोलीले अदालतहरूलाई सम्पत्ति जफत रोक्न आवश्यक बन्ड रकमलाई ४५४ मिलियनबाट १७५  मिलियनमा घटाउनको लागि विश्वस्त तुल्याएको थियो ।

    सोही अप्ठयारो समयमा उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथलाई सार्वजनिक गरेका छन् । उनका समर्थकले पनि स्टकमा लगानी गरेका छन् । मार्च २०२५ सम्ममा ट्रम्पको २.६ अर्ब रुपैयाँको शेयर थियो ।

    डोनाल्ड ट्रम्पको लागि क्रिप्टो मुद्रा वास्तविक गेम चेन्जर साबित भयो। अक्टोबर २०२४ मा, ट्रम्पले वल्र्ड लिबर्टी फाइनान्सियल, नौसिखिया लगानीकर्ताहरूका लागि क्रिप्टो परियोजना सुरु गरेका थिए । ट्रम्पको राष्ट्रपति चुनावमा विजय पछि क्रिप्टो उद्यमी जस्टिन सनको प्रचारका कारण यस परियोजनाको मूल्यमा ठूलो उछाल आएको थियो। अन्ततः, ट्रम्पको कर पछिको आम्दानी एक आश्चर्यजनक रूपमा २४५ मिलियनले बढ्यो।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार