Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिदैँ

१ सय बर्ष पछि मठा फल्चाको पुनर्निमाण गरिदैँ

आर्थिक पत्र
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं ।  ‘ग्वलः देँ’ (ग्वलः देश) को प्राचीन स्वरुपलाई पुनरुत्थान गरिरहेको बताउँदै महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा–८ का अध्यक्ष आशामान संगतले, सांस्कृतिक सहरको गरिमा बचाउने प्रयासका बारेमा स्पष्ट पारेका छन । 

    images

    वडा नम्बर ८ नवाली टोलमा रहेको मठा फल्चाको शिलान्यास गर्दै उनले भौतिक संरचना पुनरुत्थान गरेर त्यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने वातावरण बनाइने बताए । मठा फल्चा जयबागेश्वरी धुनी मठको सामुन्ने रहेको छ ।

    यी दुई संरचनाको विचमा भैरव स्वरुपमा पूजा गरिने शिला छ । यस टोलबाट सञ्चालन गरिने बछलेश्वरी, पिंगलास्थान, बनकाली, भुवनेश्वरी जस्ता जात्रामा भैरव अगाडि आएर रथ रोक्ने र पूजा अर्चना गर्ने प्रचलन छ । श्रद्धाको यस क्रममा पूजा सामग्री राख्न फल्चा निर्माण भएको हुन सक्ने वडाध्यक्ष संगतको भनाइ छ ।  ‘धुनी मठ नेपाल संवत् ९०१ मा निर्माण भएको शिलालेखमा उल्लेख छ । ‘फल्चा पनि यससँगै निर्माण भएको हो ’ संगतले भने ।


    फल्चा एक तलाको २ पाखे शैलीको हुनेछ । १९९० सालको भूकम्पबाट जीर्ण भएको फल्चा क्रमशः भत्किँदै गयो तर पुननिर्माण भने कहिल्यै भएन । जस्ताले घेरेर राखिएको फल्चा अहिले उपभोक्तामार्फत पुनःनिर्माण हुन थालेको हो । 

    २०७९ यता सांस्कृतिक सम्पदा संरक्षणअन्तर्गत वडा कार्यालयले फल्चा पुनःनिर्माण, सांस्कृतिक क्रियाकलाप सञ्चालन हुने गरेको अतिक्रमित जग्गाको स्वामित्व फिर्ता, त्यस ठाउँमा भएका प्राचीन सम्पदा पुनरुत्थान गरिरहेको छ । इना गणेश मन्दिर, इटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् । 

    साना साना धार्मिक संरचनाहरुमा पिङ्गलास्थान द्यःसहितका संरचना पुनःनिर्माण भइसकेका छन् । हराएकै १ सय वर्षभन्दा धेरै समय वितेको ब्रह्मा मन्दिर पुनःनिर्माणको काम भइरहेको छ । मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । यो गायत्री मार्गमा छ । वडाले गुह्येश्वरी मन्दिरको प्रवेश द्वारको कलात्मकता जोगाएर पुनःनिर्माण गरेको छ । पिङ्गला स्थान र तिलगंगामा द्वार निर्माण गरेको छ । 


    डवलीहरुमा नवाली टोलको नवाली डवली र पशुपति भुवनेश्वरी अगाडिको बज्रेश्वरी डवली पुनःनिर्माण गरिसकेको छ । सिफल सेतो ढोकादेखि जयबागेश्वरीसम्म ढुङ्गा विछ्याएको छ । यो कार्यलाई वडा भवनदेखि पशुपति क्षेत्रसम्म पु¥याउने योजना छ । वडाध्यक्ष संगतका अनुसार यस क्षेत्रमा रहेका घरहरुको बाहिरी मोहोडालाई मौलिक परम्परागत बनाउने कार्यको प्रक्रिया थालिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार