Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको कोषमा ट्रम्प प्रशासनको रोक

हार्वर्ड विश्वविद्यालयलाई दिइने दुई अर्ब डलरभन्दा बढीको कोषमा ट्रम्प प्रशासनको रोक

आर्थिक पत्र
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौँ । ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई दिदै आएको २ अर्ब डलरभन्दा बढीको संघीय कोष रोकेको छ ।

    प्रतिष्ठित कलेजले ह्वाइट हाउसको मागहरूको सूची अस्वीकार गरेपछि केन्द्र सरकारले दिदै आएको सहयोग रोकिएको बताइएको छ ।

    ट्रम्प प्रशासनले भने राष्ट्रको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालय र कलेजहरूमा व्याप्त विचलित गर्ने अधिनायकवादी मानसिकतालाई प्रतिबिम्बित गरेको टिप्पणी गरेको छ । यसअघि, ह्वाइट हाउसले हार्वर्डलाई मागहरूको सूची पठाएको थियो । जुन प्रमुख रुपमा विश्वविद्यालय क्याम्पसहरूमा यहूदी विरोधी भावनाविरुद्ध लड्न, विश्वविद्यालयको प्रशासन, भर्ना र नियुक्ति प्रक्रियामा परिवर्तन लगायतमा केन्द्रित थिए 

    हार्वर्डले यी मागहरूलाई दृढतापूर्वक अस्वीकार गरेको बताइएको छ । विश्वविद्यालयले ह्वाइट हाउसले आफ्नो समुदायमाथि नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार