Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

माण्डु हाइड्रोपावरद्वारा बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता विस्तार

माण्डु हाइड्रोपावरद्वारा बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता विस्तार

आर्थिक पत्र
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता थप विस्तार गरेको छ। कम्पनीले उक्त आयोजनाको क्षमता २२ मेगावाटबाट ३२ मेगावाट पुर्याएको जानकारी दिएको छ।

    यस विस्तारसँगै माण्डु हाइड्रोपावरले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्दै विद्युत खरिद बिक्री सम्झौतासमेत सम्पन्न गरेको छ। कम्पनीका अनुसार, यस परियोजनाले अब थप १० मेगावाट विद्युत उत्पादन गर्न सक्नेछ, जसले नेपालका विभिन्न क्षेत्रहरूमा विद्युत आपूर्ति गर्न मद्दत गर्नेछ।

    २०८१ असोज ११ र १२ गतेको विषण वर्षाका कारण आएको बाढी र पहिरोले यस आयोजनामा पुर्याएको क्षतिको पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ। निकट भविष्यमा पुनःनिर्माण कार्य सम्पन्न गरी आयोजनालाई सञ्चालनमा ल्याइने हाइड्रोपावरले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार