Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टेस्लामा ठुलो नोक्सानी भएपछि ट्रम्प प्रशासनबाट टाढिदै मस्क

टेस्लामा ठुलो नोक्सानी भएपछि ट्रम्प प्रशासनबाट टाढिदै मस्क

आर्थिक पत्र
बुधवार, बैशाख १० २०८२
  • काठमाडौँ । विश्वकै धनि व्यक्ति एलन मस्कले ट्रम्प प्रशासनबाट दूरी बनाउने संकेत दिएका छन् ।

    आफ्नो प्रतिष्ठित कम्पनी टेस्लाले ठुलो नोक्सानी बेहर्नुपरेपछि मस्कले आफु टेस्लामा फर्कने बताएका छन् । मस्कले आफ्नो उच्च प्रोफाइल र विवादास्पद ट्रम्प प्रशासनको भूमिका कम गर्दै टेस्लामा फर्किने बताएका हुन् ।

    मस्कले टेस्ला लगानीकर्ताहरूलाई सम्बोधन गर्दै सरकारी दक्षता विभागमा आफ्नो प्रयासलाई अर्को महिनाको कुनै समयदेखि हप्तामा एक वा दुई दिनमा सिमित गर्ने बताएका छन् ।

    सो क्रममा मस्कले सरकारी दक्षता विभागमा आफुले गरेका कमको बचाउ गर्दै फोहोर सफा गर्न आवश्यक रहेको बताए । उनले लगानीकर्तालाई तत्कालका अवरोधबाट बाहिरी निस्किएर हेर्न आग्रह गरेका थिए ।

    मस्क राजनीतिमा सक्रिय भएपछि टेस्लाले आफ्नो आम्दानीको ४० प्रतिशत भन्दा बढी गिरावटको सामना गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार