Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टर्कीमा ६.२ रेक्टर स्केलको भूकम्प

टर्कीमा ६.२ रेक्टर स्केलको भूकम्प

आर्थिक पत्र
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । टर्कीमा बुधबार दिउँसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलसहितमा ठूला भवनहरू हल्लिएका छन् ।समाचार अनुसार यो भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४९ मिनेटमा गएको हो । यस भूकम्पको केन्द्रबिन्दु इस्तानबुलस्थित सिल्भ्री क्षेत्रस्थित मार्मरा सागरको तटमा रहेको छ ।

    टर्कीको विपद् तथा आपत्कालीन प्राधीकरणका अनुसार भूकम्पपछिको क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।यो भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १० किलोमिटर भित्र रहेको जर्मन रिसर्च एन्ड सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।टर्किस अधिकारीहरूका अनुसार अहिलेसम्म ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आइसकेको छैन ।

    तर बोस्फोरस स्ट्रेटको युरोपेली र एसियाली किनारमा अवस्थित शहरमा भौतिक संरचना हल्लिएपछि मानिसहरू सडकमा निस्किएका छन् ।टर्कीको एक टेलिभिजन च्यानल टीजीआरटीले सार्वजनिक बिदाको समयमा आएको भूकम्पका बेला बाल्कोनीबाट हामफाल्दा एकजना व्यक्ति घाइते भएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार