Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

उच्च अंकले बढ्याे नेप्से

उच्च अंकले बढ्याे नेप्से

आर्थिक पत्र
आइतवार, श्रावण १५ २०७९
  • काठमाडौँ । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से उच्च अंकले बढेको छ। आज नेप्से ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको हो । 

    images

    आइतबार सर्वाधिक बढ्ने उपसमुहमा निर्जीवन बीमा कम्पनी रहेको छ। सो उपसमुह ४.५१ प्रतिशतले बढेको हो। फाइनान्स उपसमुह भने १ं.६० अंकले घटेको छ। 

    बैंकिङ ४०, विकास बैंक ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र ब्यापार उपसमूह ७५ अंक बढे । कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । 

    नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजीएच इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका लगानीकर्ताले आइतबार १० प्रतिशत नाफा बुक गरेका छन्। 

    कारोबार रकमका आधारमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम, एसियन लाइफ, हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर क्रमश: अगाडि रहे ।

    आइतबार नेप्सेसँगै कारोबार रकम पनि उकालो लागेको छ । कारोबार अवधिभर नेप्सेमा १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजारको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार