Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्रम्पले विदेशी फिल्ममा शतप्रतिशत कर लगाउने

ट्रम्पले विदेशी फिल्ममा शतप्रतिशत कर लगाउने

आर्थिक पत्र
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन्।

    आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा यो घोषणा गर्दै ट्रम्पले लेखे , “अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।”

    उनले भने ‘यो अन्य देशहरूद्वारा संगठित प्रयास हो र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ हो।’

    ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिइरहेको बताए।

    “हामी फेरि अमेरिकामा चलचित्रहरू बनुन् भन्ने चाहन्छौं,” उनले लेखे।

    जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्।

    उनका अनुसार करले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिनेछ र रोजगारी सुरक्षित गर्नेछ।

    तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार