Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

सिजी डिजिटल र एलजी सपि शोरुमहरु देशभर विस्तार गर्दै चौधरी ग्रुप

सिजी डिजिटल र एलजी सपि शोरुमहरु देशभर विस्तार गर्दै चौधरी ग्रुप

आर्थिक पत्र
शुक्रवार, श्रावण २० २०७९
  • काठमाडौं । नेपालकै सबैभन्दा ठूलो प्रिमियम मल्टि ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सि.जी. डिजिटल र एल.जी. सपि शोरुमहरु देशभरि नै बिस्तार भैरहेको छ । यस सि.जी. डिजिटल तथा एल.जी. सपि शोरुमहरुले सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गत रहेका विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डहरु एल.जी. सि.जी., गोद्रेज, टि.सि.एल., सेन्साई, केन्ट, पिजन, एलिका, ब्ल्याक प्लस डेकर, बेको, माईडिया, र क्रमटन जस्ता ब्राण्डका १००० भन्दा बढी घरायसी उपकरण विक्रि वितरण गर्दछ । 

    images

    कम्पनिको स्वामित्वमा रहेको सबै भन्दा ठूलो प्रिमियम इलेक्ट्रोनिक्स सि.जी. डिजिटल तथा एल.जी. सपि शोरुमहरुमा हरेक सामान खरिद गर्दा विषेश छुट प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको सुविधालाई मध्य नजर गर्दै देशभरि फ्रि डेलिभरी उपलब्ध छ । सामान बेचिसकेपछि आफ्टर सेल्स सर्भिस , फ्रि माईक्रोवेभ कुकिङ क्ल्यास माईक्रोवेभ ओभन किने पछि कसरी चलाउने सिकाईन्छ तथा वासिङ मेसिन को पनि फ्रि डेमो अथवा वासिङ मेसिन कसरी चलाउने भन्ने लुगा धोएर नै सिकाईन्छ । त्यस्तै गरि डिसवासर कसरी चलाउने भन्ने लाईभ डेमो गरेर नै देखाईन्छ । त्यसै गरी ०% किस्ताबन्दीमा सजिलैसँग सामान किन्न सकिन्छ । त्यसै गरी अन्य सुविधाहरु एक्सचेन्ज अफर, लोयल्टी प्रोग्राम छन् । लोयल्टी प्रोग्राम अन्तर्गत हरेक सामानको खरीदमा अझै थप अफरहरु प्राप्त गर्न सकिन्छ ।

    पी.एम.एस.को सुबिधा अन्र्तगत सि.जी. डिजिटल तथा एल.जी. सपि शोरुमहरुबाट वासिङ मेसिन वा फ्रिज खरिद गर्दा नियमितरुपले निवारक मर्मतका लागि ग्राहकहरूको ढोका ढोकामा पुगी हाम्रो सेवा टोलीले नियमित रूपमा निःशुल्क सेवा प्रदान गर्दछ जसले गर्दा उपकरणहरु लामो समयसम्म टिक्दछ ।

    नेपालको सबैभन्दा ठूलो प्रिमियम मल्टि ब्राण्ड इलेक्ट्रोनिक्स तथा चौधरी ग्रुपको आफ्नै सि.जी. डिजिटल र एल.जी. सपि शोरुमहरु काठमाण्डौको मुख्य स्थानहरुमा १७ ओटा छन् भने काठमाण्डौ भन्दा बाहिर बिराटनगर, इटहरी, हेटौडा र भरतपुर चितवनमा खुलिसकेको छ । 

    सि.जी. इलेक्ट्रोनिक्सका घरायसी सामानहरुमा ग्राहकहरुले देखाएको विश्वास र चाहनाले गर्दा कम्पनीले नेपालको सबैभन्दा ठूलो प्रिमियम शोरुम सि.जी. डिजिटल तथा एल.जी. सपि का आउटलेटहरु देश भर विस्तार गर्दै जाने र यो निरन्तर रुपमा आगामी दिनहरुमा पनि बढाउदै लैजाने तथा ग्राहक बर्ग नजिक पुग्ने कम्पनीको लक्ष्य रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार