Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने सरकारको अनुमान

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने सरकारको अनुमान

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ।

    प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दै उक्त कुरा बताएका हुन्।

    प्रदेशगत रुपमा मधेश प्रदेश, कोसी र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर औसत ४.६१ प्रतिशत भन्दा माथि रहने सरकारको प्रक्षेपण छ।

    यसका साथै सरकारले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आधार ६१ खर्ब ७ अर्ब पुग्ने अनु्मान गरेको छ।

    ‘यस अवधिमा कुल ग्राह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ’, मन्त्री पौडेलले भने।

    चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आए बढेर १ हजार ५१७ अमेरिकी डलर पुगेको उनको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार