Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले चैते धान खेतीलाई प्रवद्र्धन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ।

    बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धान खेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन्।

    उनले भने, ‘चैते धान खेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेका छौं। सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ।’

    सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने योजनासहित चैते धान खेतीलाई प्रवद्र्धन गर्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार