Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

आगामी आवका लागि छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे।

    त्यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति पाँच दशमलव पाँच प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार