Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आगामी बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड

आर्थिक पत्र
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् । 

    चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनीयोजनभएको हो ।

    आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५र६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

    उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ ।

     नयाँ बजेट साउन १ गतेदेखि लागू हुनेछ ।

    आगामी आवका लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य

    सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार