Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आर्थिक पत्र
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ।

    बिहीबार बस्ने यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ।

    दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ७७ औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

    यसैगरी बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको २९० औँ बैठक बस्दैछ। बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले विभिन्न समयमा दिएको निर्देशन कार्यान्वयनको प्रगति अवस्थासँग सम्बन्धि छलफल गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार