Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उर्जामन्त्री खड्कासँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेट

उर्जामन्त्री खड्कासँग विश्व बैंकका क्षेत्रीय निर्देशकको भेट

आर्थिक पत्र
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।

    भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे। 

    उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुंगोमा पु¥याउन समेत विश्व बैँकसँग आग्रह गरेका थिए। यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । 

    भेटमा विश्व बैँकका क्षेत्रीय निर्देशक गुप्ताले विश्व बैँकले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैँकले प्राथमिकतामा राखेको बताएका थिए । भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्धय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैँक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार