Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

‘भिजिट भिसा प्रकरणका विषयमा छानविन समिति बनाउन गम्भीर बन्नुपर्छ’

आर्थिक पत्र
शुक्रवार, जेठ ३० २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वार्णिम वाग्लेले  छानबिन समिति बनाउने कि नबनाउने भन्ने कुरा अझै अन्योलमा रहेको बताएका छन् । विहीबार सत्तापक्ष र प्रतिपक्षको छलफलले भिजिट भिसा प्रकरणलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको भन्दै उनले उक्त मुद्दामा माओवादी केन्द्र र नेकपा एमाले गम्भीर हुनुपर्ने बताए । 

    उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको पाँचबुँदे प्रस्तावबारे छलफल अघि बढिरहेको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग समेत वार्ता गरेका छन् । छलफलको मूल बिन्दु छानबिन समिति बनाउने कि नबनाउने ? भन्ने विषयमा अझै निर्णयमा पुग्न सकेको छैन,’ उनले भने । उनले रास्वपा लचक नहुने भन्दै छानबिन संसदको कुनै विशेष समितिबाट नै गरिनुपर्ने बताए । 

    ‘रास्वपाले प्रस्तावमा उल्लेख गरिएका बुँदाहरूभन्दा बढी लचक हुने अवस्था नरहेको स्पष्ट पारेको छ । यसैबीच माओवादी केन्द्र र नेकपा एमालेबीच मुद्दा गम्भीर रहेको र यसलाई साझा रूपमा अघि बढाउनु पर्नेमा सहमति बनेको छ ।

    माओवादी केन्द्रले यो विषयलाई गम्भीर ढंगले हेर्नुपर्ने र न्याय हुने ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिएको । पार्टीको धारणा अनुसार छानबिन कुनै विशेष समितिबाट नै गरिनुपर्ने र त्यसको लागि निश्चित तिथि र प्रक्रिया तोक्नुपर्ने हुन्छ,’ उनले भने । उनले प्रमुख तीन दलहरूले यो विषयको गम्भीरता बुझ्न जरुरी रहेको धारणा राखे । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार