Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नाराबाजीकै बीचमा प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरु

नाराबाजीकै बीचमा प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरु

आर्थिक पत्र
आइतवार, आषाढ १ २०८२
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल शुरु भएको छ 

    आइतबारको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेसँगै बजेटमाथिको छलफल शुरु भएको हो ।सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल आज र भोलि हुने समय तोकेको जानकारी गराएका छन् ।

    यस अघि जेठ २०, २१, २२ र २३ गतेका लागि बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो । भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएपछि सो छलफल हुन सकेको थिएन ।

    रास्वपाले भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायम राख्दै संसदमा नाराबाजी गरिरहेको छ । नाराबाजीकै बीचमा सभामुख घिमिरेले संसदको कारवाही अगाडी बढाउदै बजेटमाथिको छलफल शुरु गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार