Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षभन्दा ८८ अर्ब बढी

आर्थिक पत्र
आइतवार, आषाढ १ २०८२
  • काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ।

    अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो।

    गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो।

    अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो।

    चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार