Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन दिने आज अन्तिम दिन

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरकालागि आवेदन दिने आज अन्तिम दिन

आर्थिक पत्र
मंगलवार, आषाढ ३ २०८२
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर खरिदकालागि

    आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत वैशाख ३० गतेदेखि हाल सम्म कायम चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा १०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

    हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले कम्पनीको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार