Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

आर्थिक पत्र
आइतवार, श्रावण २२ २०७९
  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव भएको नेप्से १०.२७ अंकले बढेको हो । 

    images

    यससँगै नेप्से २१२३.८२ बिन्दुमा पुगेर रोकिएको छ । आईतबार २ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१९ कम्पनीको ६१ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । आज कारोबारमा जीवन बीमा समूहको उपसूचकमा ४.५५ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

    कारोबारमा बैंकिङ समूहको ०.२२, विकास बैंक ५२.४४, वित्त कम्पनी ३३.५०, जलविद्युत समूहको २६.२२, माइक्रोफाइनान्स २७.८८, अन्य समूहको उपसूचक २२.५७ अंकले बढेको छ । कारोबारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार