Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यी हुन मन्त्रिपरिषद्का १९ निर्णयहरू

यी हुन मन्त्रिपरिषद्का १९ निर्णयहरू

आर्थिक पत्र
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकको गरेका विभिन्न निर्णयहरू सार्वजनिक भएका छन् । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै असार २ गते मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन ।

    जसमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको बैंकक भ्रमणदेखि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको टर्की भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको लागि स्विकृत गरिएको निर्णयहरु समावेश गरिएको छ ।

    सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैँकबाट प्राप्त हुने करिब २‍० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    यसैगरी दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारको निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम मुकरर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताए ।

    nullnull

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार