Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बजेट न्यायोचित रुपमा विनियोजन हुन सकेन : सांसद बस्नेत

बजेट न्यायोचित रुपमा विनियोजन हुन सकेन : सांसद बस्नेत

आर्थिक पत्र
शुक्रवार, आषाढ ६ २०८२
  • काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढेपनि न्यायोचित रुपमा विनियोजन हुन नसकेको भन्दै असहमति जनाए।

    उनले भने,  ‘कुनै निर्वाचन क्षेत्रमा त सडक पूर्वाधार विकासका लागि बजेट नै परेको छैन। योभन्दा गैरजिम्मेवारी के हुनसक्छ ?’, बस्नेतले भने, ‘ठूला करिडोरका बजेट समेत घटेको छ। कुनै जिल्लाका पूर्वाधार विकासमा बजेट नै बजेट तर कुनै जिल्लामा बजेट नै नहुने ? यो न्यायसङ्गत भएन।’

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार