Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

पोखरा महानगरको १७ औं नगरसभा प्रारम्भ, ८ अर्ब ३५ करोड बजेट सार्वजनिक

आर्थिक पत्र
सोमवार, आषाढ ९ २०८२
  • पोखरा। पोखरा महानगरपालिकाको १७ औं नगरसभा आइतबारबाट औपचारिक रूपमा प्रारम्भ भएको छ। नगरसभाको उद्घाटन सत्रमा नगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। त्यस्तै, उपप्रमुख मन्जुदेवी गुरुङले बजेट तथा कार्यक्रम सभामा पेस गरिन्।

    ‘विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्दै निर्वाचनका समयमा गरिएको प्रतिवद्धतालाई मूर्तरूप दिने, नागरिकको विश्वास आर्जन गर्ने र समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने’ दीर्घकालीन लक्ष्यका साथ महानगरले आगामी वर्षका लागि रु ८ अर्ब ३५ करोड १२ लाखको बजेट प्रस्तुत गरेको हो।

    सभामा प्रस्तुत बजेटअनुसार कुल बजेटमध्ये रु ३ अर्ब १३ करोड १२ लाख ९३७.४९ प्रतिशत संघीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट व्यवस्थापन गरिनेछ भने रु ५ अर्ब २२ करोड ९६२.५१ प्रतिशत आन्तरिक आम्दानीबाट खर्च गरिनेछ।

    महानगरले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण संरक्षण, दिगो पर्यटन विकास, स्मार्ट सहरको अवधारणा लगायत विविध क्षेत्रमा ध्यान केन्द्रित गरेको छ। नगरप्रमुख आचार्यले आगामी वर्षलाई कार्यान्वयनमुखी र नतिजामूलक वर्ष बनाउने प्रतिबद्धता जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार