Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

देशभरका ७५३ स्थानीय तहले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

आर्थिक पत्र
मंगलवार, आषाढ १० २०८२
  • काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् ।

    असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् ।

    भरतपुर महानगरपालिकालगायत केही स्थानीय तहले निर्धारित समय अघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

    संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने प्रावधान छ ।

    यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । संघीय सरकारले मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार